नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

काठमाडौं , पुस १ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक भर्खरै सकिएको हो । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सहमति भएपछि बैठक बसेको थियो ।

उनीहरुबीच भदौ २६ गतेकै निर्णयमा फर्कन सहमति भएको छ । यसैगरि बैठकमा पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको ती नेताले बताए ।

पार्टीभित्रको तनावका बीच सुरु भएको बैठक १ बजे बोलाइएको थियो तर तीन घन्टा ढिलो गरी सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्