भारतसँगको पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी

काठमाडौं, पुस ४ ।  अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ । खेलको तेस्रो दिन भारतले दिएको ९० रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेट गुमाएर पुरा गरेपछि अस्ट्रेलिया ८ विकेटले विजयी भएको हो ।

यस अघि भारत पहिलो इनिंगमा २४४ रनमा आउट भएको थियो भने अस्टेलिया आफ्नो पहिलो इनिंगमा १९१ रनमा आउट भएको थियो ।पहिलो इनिंगमा ५३ रनको अग्रता पाएको भारत दोस्रो इनिंगमा केबल ३६ रनमा समेटिएको थियो ।

योसँगै ४ खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल डिसेम्बर २६ देखि शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्