नेकपा फुटको संघारमा : ओली र प्रचण्ड-माधव पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौ , पुस ७ । सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेकपाभित्रको पछिल्ला बैठक, भेलाहरू र नेताको अभिव्यक्तिले पार्टी विभाजनको संघारमा पुगेको संकेतहरू देखिएका छन् । प्रचण्ड९नेपाल समूहले आज १ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ ।पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग(अलग बैठक डाकेका छन् ।

त्यस बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने उनीहरूले बताएका छन् । यता प्रधानमन्त्री ओली पक्षको केन्द्रीय समिति बालुवाटारमा बोलाइएको छ । पार्टी अनुशासन विपरीत विपक्षीसँग समेत साँठगाँठ गरेर सरकारविरुद्ध र गुटगत स्वार्थमा लागेको आरोपमा प्रचण्डमाथि कारवाही गर्ने बालुवाटार बैठकको तयारी रहेको बुझिएको छ ।संसद विघटनपछिको अवस्था, दुवै पक्षको रणनीती र गृहकार्य हेर्दा एकता भएको झण्डै दुई वर्षपछि नेकपा विभाजनको अन्तिम विन्दुमा पुगेको छ ।

यसैबीच, असंवैधानिक कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको अभियोग लगाउँदै नेकपाले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आज कारबाही गर्ने भएको छ ।

कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही गर्ने यसअघि नै बताइसकेको छ ।

ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप दाहाल–नेपाल पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्