अब सूर्य चिन्ह कसको ? प्रचण्ड–नेपाल समूहले भन्यो – हाम्रो हुन्छ

काठमाडौं , पुस ८ । संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। यति बेला प्रचण्ड–नेपाल समूह र ओली समुहको छुटै भेला भइरहेका छन् । यसले गर्दा नेपालको रानीतिमा तरंग छाएको छ ।

नेकपा आधिकारिक फुटको घोषणा नभएपनि दुबई समूहबीच सम्बन्धबिच्छेद भने भएको छ । अब दुई पार्टीभित्र चुनाव चिन्हको विषयमा लफडा हुन सक्ने देखिएको छ । दुबै पक्षको आँखा चुनाव चिन्हतर्फ रहेकाले निर्वाचन आयोग हुँदै विवाद सर्वोच्चसम्म पुग्न सक्ने बताइएको छ ।

यसैबीच प्रचण्ड–नेपाल समूहले सूर्य चिन्ह आफूहरुको हुने बताएका हुन् । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् ।
उनीहरुले निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरुको हुने बताएका हुन् ।नेता पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताए ।

नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोगमा पुगेर पार्टीको निर्णय र हस्ताक्षर बुझाएका हुन् । प्रधानमन्त्री ओलीले एकाएक संसद विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरिएसँगै नेकपामा विवाद चर्किएको हो ।

ओलीको कदमलाई लिएर नेकपामात्रै नभएर सबै दलका साथै सरोकारवालाले विरोध जनाएका छन् भने यो विवाद सर्वोच्चसम्म पुगेको छ भने अब र्वोच्च अदालतले प्रतिनिधिसभा (संसद्) विघटनसम्बन्धी परेका सबै रिटको सनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ।

संसद विघटनविरुद्धका सबै रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै मुद्धालाई संबैधानिक इजलासमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्