संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ , पुस ९ । कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दो ल गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको थियो तर आजको बैठकले भने आंखीर आन्दोलन गर्ने निर्णय नै गर्यो । यसका लागि पौडेल पक्षले सभापति देउवालाई दबाब दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्