‘माया जालैमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं , पुस ९ । माया जालैमा गीत सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत माया जालैमा भर्खरै मात्र सार्वजनिक भएको हो ।

यस गीतमा मुकुन्द कोइरालाको शब्द र दीपकराज विश्वकर्माको संगीत रहेको छ। गीतलाई आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तै गीतमा सुधीर श्रेष्ठ,पुरु सिग्देल साथै स्मारिका र समारिका ढकालको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् भने कोरियोग्राफी केशवराज भट्ट (समीर) ले गरेका हुन्।

गीत निकै राम्रो बनेर बजारमा आएको छ । हेर्दामा पनि भिडियो एकदमै उत्कृष्ट रहेको हामी देख्न सक्छौ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्