पदकै लागि आए सडकमा नेता !

पार्वती पाठक ,

काठमाडौं, पुस १० । पछिल्लो समय संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। यति बेला प्रचण्ड–नेपाल समूह र ओली समुहको छुटै भेला भइरहेका छन् । यसले गर्दा नेपालको रानीतिमा तरंग छाएको छ ।

नेकपा आधिकारिक फुटको घोषणा नभएपनि दुबई समूहबीच सम्बन्धबिच्छेद भने भएको छ । अब दुई पार्टीभित्र चुनाव चिन्हको विषयमा लफडा हुन सक्ने देखिएको छ । दुबै पक्षको आँखा चुनाव चिन्हतर्फ रहेको छ । प्रचण्ड नेपाल समुहले त आफ्नै भएको दाबि समेत गरिसकेको छ । साथै उनीहरुले एक अर्कालाई आरो प्रत्यारोप अभ्यस्त छन्।

यता यसरी नेकपा विभाजित भएपछि अहिले प्रचण्ड–नेपाल समूह आन्दोलनमा होमीएको छ । ओलीविरुद्ध हिजो मात्रै आन्दोलनका कार्यक्रम घोणषा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले धर्ना दिए । धर्ना दिने क्रममा सडकमै बसेर  प्रचण्ड , नेपाल  लगायतले ‘हामी यहाँ छौं’ प्लेकार्ड छातीमा टाँस गरि धर्ना दिएको तस्बिर सार्वजनिक भयो ।

यसरी त्यो तस्बिर सार्वजनिक भइरहदा अहिले नेताहरुको सामाजिक सञ्जालमा सबैले भिभिन्न किसिमले टिका-टिप्पणी गरिरहेका छन् । उनीहरुले अहिले आफ्नो पद गुमाउनु पर्दा सडकमा आए तर देशमा अन्यायमा परेकालाई न्याय दिनका लागि भने मौन बसे , यस्ता नेतालाई भोट दिन भन्दा नदिनु नै जाति छ । उखु किसानका पीडा , बलात्कार विरुद्धको आन्दोलन ,भ्रष्टाचार विरुद्ध, लिपुलेकका लागि यिनीहरु कहिल्यै सडकमा आएनन् भनि सामाजिक सञ्जालमा आफ्ना भनाइहरु /आक्रोस पोखेका छन् ।

माइतीघरमा गोविन्द केसी आमरण अनसन बसिरहँदा यिनीहरुले कर्फ्यु लगाए, माइतीघरलाई नै निषेधित क्षेत्र तोके, जनताविरुद्ध पानीका फोहरा छ्यापे। आज भ्रष्टाचार गर्न नपाएर यी सडकमा आउँदा यिनीहरुलाई किन समर्थन गर्ने भन्ने प्रश्न पनि उनीहरुको रहेको छ । हुन पनि हो यस्ता थुर्पै अपराधिक घटना हुँदा मौन बसे सरकार आज यसरी सडकमा आउँदा जनताले सोचे देशमा न्याय दिने नेता रहेनछन् भनेर ।

देशमा बलात्कार , हत्याहिंसा तथा चोरी डकैती , भ्रष्टचारलगायत विभिन्न अपराधिक घटना घट्ने गर्दछन् । यस्ता क्रियाकलाप हुँदा मौन बस्ने तिनै देश हाक्ने नेता आज आफ्नो पदको लागि सडकमा आएका छन् । यसबाट के प्रष्ट हुन्छ भने उनीहरु देश विकासको लागि नभएर आफ्नो पद र कुर्चीको लागि सडकमा आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्