प्रधानमन्त्री कप क्रिकेट : पहिलो खेलमा लुम्बिनी विजयी

काठमाडौं, पुस ११ । आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत पहिलो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ ।

दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउन सफल भयो ।प्रदेश २ ले दिएको ७८ रनको लक्ष्य पछएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।

लुम्बिनीका लागि ओपनर गीता गोसाइले सर्वाधिक २३ रनको योगदान गरिन् । त्यस्तै सरस्वतीले २२ रन बनाउँदा कप्तान नेरी थापाले १५ रन बनाउन सफल भइन् ।यता, प्रदेश २ का लागि कविता गौतमले एक विकेट लिन सफल भइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ का लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रनको योगदान गरिन् ।

प्रदेश दुईका लागि विमला मगरले १० रन बनाउन सफल भइन् ।बलिङतर्फ सुस्मिता भुसालले सर्वाधिक तीन विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्