खेलकुदको विकास लागिका सबैको सुझावलाई मनन गर्दै अगाडि बढ्छुः मन्त्री लामा

काठमाडौं, पुस १२ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै मन्त्री लामाले खेल क्षेत्रका विज्ञ र खेलाडीसँगको परामर्शमा परिणाममुखी योजनाका साथ काम गर्ने बताएका छन् ।

मन्त्रालयका आइतबार कार्यभार सम्हाल्दै मन्त्री लामाले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला सबैको सुझावलाई मनन गर्दै अगाडि बढ्ने बताए ।

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा रहेका थिए । उनको आइतबारनै मन्त्रालयबाट बिदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्