टेलिकमले काठमाडौं–तराई मधेश द्रुत मार्गमा अप्टिलक फाइबर बिछ्याउने

काठमाडौं , पुस १२। नेपाल टेलिकमले काठमाडौं–तराई मधेश द्रुत मार्गमा अप्टिलक फाइबर बिछ्याउँ भएको छ । यसका लागि नेपाल टेलिकम र काठमाडौ­-तराईरमधेश द्रुत सडक आयोजनाबीच सम्झौता सम्पन्न भएको छ ।

राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुततमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ ।

विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ ।

यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्