सुनको भाउ तोलामा ८ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं , पुस १४ । नेपाली बजारमा आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सोमबार सात सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार १ सय रुपैयाँमा झरेको हो ।

मंगलबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ६ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबारका लागि महासंघले चाँदीको प्रतितोला भाउ १३ सय रुपैयाँ तोकेको छ । पछिल्लो समय सुनको मुल्यमा उतार चढाव भने आउने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्