‘पुसे पन्ध्र’ पर्व : कथा र मिठा खानेकुरा खाएरै काटीन्छ रात!

 

पार्वती पाठक,

काठमाडौं, पुस १५ । सबैका आ आफ्नै चाड पर्व रीति रिवाज छन् । यस मध्य पनि एउटा प्रदेश हो जो चाड पर्व तथा आफ्नै परम्पराले भरिपुर्ण छ । वर्षभरिमा यहाँ विभिन्न किसिमका चाड पर्व हरु आउने गर्दछन् । के दशै के तिहार यस्ता मौलीक चाडबाड धेरै छन् ।

यस मध्य आज ‘पुसे पन्ध्र’ पर्व । यस्ता पर्व आउँदा मनै हर्षित हुन्छ । हुनत हामी जस्ता घरदेखि टाढा रहेकालाई के हर्षित तर पनि हामी जहाँ भएपनि आफ्ना चाडबाड भने भुल्दैनौं झन घर अनि परिवारको यादले निकै सताउने गर्छ । पुसे पन्ध्र’ पर्व के हो त यो सबैलाई थाहा नहुन सक्छ । सुदूरपश्चिम प्रदेशमा पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाउने गरिन्छ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा धुमधामका साथ मनाइन्छ ।

यो दिन गाउँका सबै मानिस एकै ठाउँमा जम्मा हुन्छन अनि रातभर जाग्राम बस्ने चलन रहेको छ । साथै मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रमाइलो गर्दै रात काट्ने गरिन्छ । यस दिन तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलाइ उसिनेर तथा अन्य मिठा खाने कुरा खाने चलन रहेको छ ।

रमाइलो त बालापनमा हुन्थ्यो अझ धेरै एक ठाउँमा जम्मा भई पकाउने , बाँडीचुँडी खाने , गाउँखाने कथा सुनाउने सुन्ने, साथै गीत–सङ्गीतमा रमाइलो गर्ने , यस्ता पर्वमा दिनभरि काम नगरि तरुल तथा सहरीगज्नको जोहो गरिन्थ्यो ।

पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने परम्पराले मनै हर्षित र आन्नदको महुसश हुने गर्दछ । तर पछिल्लो समय हाम्रा पुराना परम्परा रीति रिवाज अलि लोप हुँदै जान थालेको महशुस पनि गर्न थालीएको छ ।

हामी जहाँ जुनसुकै ठाउँमा भएपनि हाम्रा चाडपर्व रितीरिवाज, भाषा र संस्कृतिलाई कहिल्यै नभुलौ सधैं यसको संरणमा जुटौं ।

प्रतिक्रिया दिनुहोस्