प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं , पुस १५ । दाङको लमही जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत प्रदेश १ ले लगातार दोस्रो जित हात पारको छ । आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १ ले सानदार जित निकालेको हो । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेसँगै दोस्रो जित निकाल्न सफल भएको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। मौसमका कारण खेल केही ढिला सुरु भएको थियो। साथै खेल १६ ओभरमा छोट्याइएको थियो।

सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। त्यसबाहेक लक्ष्मी साउदले अभिजित ९ र रेवती धामीले ८ रनको योगदान दिइन्।

प्रदेश १ को बलिङतर्फ सङ्गिता राईले सर्वाधिक ३ विकेट लिँदा सबनम राईले २ विकेट तथा रुबिना क्षेत्री र निग्मा तामाङले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ५ बल बाँकी छँदा लक्ष्य पुरा गर्‍यो। जसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाउँदा अप्सरी बेगमले ९ तथा निग्मा तामाङले अभिजित ७ रन जोडिन्।

प्रदेश १ को यो लगातार दोस्रो जित हो। हिजोको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्