एक महान कलाकार, जो सिनेमामा सफल, प्रेम जीवनमा असफल

राजु पौडेल

काठमाडौं, पुस १५ । सिनेमा अब हाम्रो लागि नयाँ बिषय रहेन तथापि समय संगै दर्शकहरुको स्वाद भने फेरिदै गएको देखिन्छ । शुरुका दिनहरुमा धार्मिक सिनेमा हुदै हुर्केको भारतिय सिने जगतमा धरै कलाकार, निर्देशक र निर्माताहरुले आफ्नो कला निर्देशकिय कारिगरी पस्केर बिदा पनि भए । तिनै मध्येका बहु प्रतिभाशाली कलाकार हुन गुरुदत्त ।

त्यस्तै उनले पाएको निकै नै छोटो समयमा अभिनयको अमिट छाप छोड्न सफल अभिनेता हुन ।  गुरु दत्तको जन्म सन् ९ जुलाई, १९२५ माकर्नाटकको मङ्गगलोरमा भएको थियो । उनको बाल्यकालको पुरा नाम वसन्त कुमार शिवाशंकर पादुकोण थियो । उनको बाल्यकाल कलकत्तामा बित्यो ।

बेंगोली भाषामा मेधावी गुरुदत्तले सिनेमा क्षेत्रमा नृत्य निर्देशक रुपमा प्रवेश गरेका उनले १३ बर्ष मात्र हिन्दी सिनेमा दिएर ३९ वर्षको उमेरमा अक्टुबर १०, १९६४ मा यस संसारबाट सदाको लागि बिदा भएका थिए ।

वसन्त कुमार शिवाशंकर पादुकोण, हामी जसलाई गुरु दत्तका नामले चिनिन्छौं , एक भारतीय फिल्म निर्देशक, निर्माता र अभिनेता थिए। उनले सन् ५० र ६० को दशकबीचमा लोकप्रिय सिनेमाहरु जस्तै प्यासा, कागज के फूल, साबिह बीबी और गुलाम र चौधवींका चाँद बनाएका थिए।

उनीद्वारा निर्देशित प्यासा र कागज के फूललाई सबै समयका सर्वश्रेष्ठ फिल्महरू मध्येमा समावेश गरिएको छ,साथै दत्त सम्मभवत् भारतिय सिनेमा जगतका कम उमेरका महान फिल्म निर्देशकहरुमा सम्मिलित छन् । हिन्दी सिनेमामा गीत र कलात्मक फिल्महरू निर्माण गर्न र यसको व्यावसायिक विस्तार गराउने श्रेय स्वर्गिय दत्तलाई जान्छ ।

सन् १९५३ मा, दत्तले गीता रॉयचौधरीसँग विवाह गरे, गीता त्यतिबेला भारतिय सिनेमा क्षेत्रकी एक प्रसिद्ध पाश्र्व गायिका थिइन । उनीहरूबीच प्रेम सम्बन्ध थियो । तर त्यो विवाहको लागि परिवार तयार थिएन, परिवारको विरोधका बावजुत उनीहरु विवाह बन्धनमा बांधिएका थिए ।

दत्तको वैवाहिक जीवन अत्यत दुखद् थियो । दत्त कामका सवालमा कडा अनुशासित थिए तर उनको व्यक्तिगत जीवन भने अनुशासनहीन थियो । दत्तको अभिनेत्रीवहीदा रहमानसँगको सम्बन्धले गिता संगको बैवाहिक जिवन त्यती सुखद् रहेन । आफ्नो मृत्युको समयमा, उनीगीता र परिवारबाट बिछोडिएका थिए र एक्लै बस्दै थिए ।

पारिवारिक सम्बन्धमा दरार आउनु,अनी त्यसलाई बिर्सन उनले नसाको सहारा लिन थाले ।अनि नसाका कारण उनि निस्कृय हुदै गए अनि बिस्तारै काम पाउन छाड्दै गए । यहि बीच उनी निर्देशित कागज के फूलको व्यावसायिक असफलता, जुन चलचित्रमा गुरु दत्तले आफ्नो शिप ,क्षमता र दक्षता सबै लगाएका थिए । यसले फिल्म निर्मातालाई अर्को ठूलो झट्का लाग्यो । त्यस पछि उनले एकल चलचित्र निर्देशित गरेन।

उनका प्रायः सिनेमा  असफल प्रेम, निराशावादी पात्र भएको  अभिनय  र  निर्देशन गरे साथै उनको जिवन पनि लगभग सिनेमा जस्तै रह्यो ।

यसैबीच, दत्त र अभिनेत्री वहीदा रहमानसँगको सम्बन्धले,गीता र गुरुदत्तको सम्बन्धमा दरार पैदा भएको थियो । जस्का कारण दुवै जना अलगै बस्दै आएका थिए अनि दुबैले बिछोडको पिडा भुलाउन रक्सीको साहारा लिँदै, जिवनमा संघर्ष गर्दै छुट्टिए । काम, दाम र एकान्तले चरम निराश बन्दै गएका दत्तको जिवन बित्दै थियो, यतिकैमा एकाएक खबर यस्तो आयो कि जुन खबरले सम्पूर्ण सिने प्रेमीलाई  नै निरास बनायो ।

अक्टोवर १०, सन् १९६४ मा दत्त बम्बईको पेडेडर रोडस्थित आफ्नो भाडाको अपार्टमेन्टमा मृत भेटिए। उनी रक्सी र निदाउनेको गोली मिसाएर सेवन गर्थे । उनको मृत्यु आत्महत्या, वा केवल एक दुर्घटना थियो आज सम्म पनि रहस्य नै छ । यस अगाडी पनि उनले पटक पटक आत्महत्याको प्रयास गरेका थिए । मृत्यु या आत्महत्या जे भएपनि वलिवुडले एक महान प्रतिभाशाली कलाकार, निर्देशक तथा निर्माता लाई असमयमै गुमायो ।

प्रतिक्रिया दिनुहोस्