हेर्नुहोस त ४५ वर्षमा पनि शिल्पा सेट्टीको यस्तो फिट शरीर

काठमाडौं, पुस १५ । बलिउड अभिनेत्री शिल्पा सेट्टी ४५ वर्षकी भइन्।बढ्दो उमेरमा पनि उनी आफ्नो शरीरलाई आकर्षक राख्न सफल भएको देखिन्छ।

उनी योगा गर्छिन्। दैनिक शारीरिक अभ्यास गर्नुका साथै व्यवस्थित खानपान र दिनचर्याले शरीरलाई तन्द्रुस्त राख्न सकिने उनको भनाइ छ।

बुधबार मात्र उनले एउटा फोटो सार्वजनिक गरेकी छिन्। इन्स्टामा सार्वजनिक गरिएको तस्बिर केहीबेरमै भाइरल बनेको छ।

केहीघण्टामै उनको तस्बिरमा ५ लाखभन्दा बढी लाइक्स आएको छ। यस तस्बिरलाई लिएर मानिसहरुले शिल्पा सेट्टीको प्रशंसा गरिरहेका छन्।

४५ वर्षको उमेरमा पनि शरीरलाई व्यवस्थित र फिट राख्न सकेको भन्दै उनको प्रशंसा भएको छ।

प्रतिक्रिया दिनुहोस्