प्रधानमन्त्री कप: बागमतीलाई हराउँदै सुदूर पश्चिम सेमिफाइनलमा

काठमाडौं, पुस १६ । सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम सेमिफाइनलमा पुगेको हो ।

समूह ुबीु मा रहेको सुदूर पश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहिबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गरेको हो ।

खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमती निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा सुदूर पश्चिमलाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो ।

ब्याटिङमा बागमतीका लागि ओपनर ब्याटर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।

सेमिफाइनल पुग्ने क्रममा सुदूर पश्चिमले समूह चरणमा ३ खेल मध्य २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूर पश्चिमसँग पराजित भएको बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो । यस समूहबाट सुदुर पश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरेको छ ।

यस्तै समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल पुस १८ गते हुनेछ । भने फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्