कहिले आइपुग्छ कोरोनाविरुद्धको खोप ? प्रधानमन्त्री ओली यसो भन्छन्

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्।

शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको समेत जनाकारी दिए ।

नेपालीले कोरोनाको खोप कहिले पाउँछन्रु हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्।

उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए।

‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने उनले उल्लेख गरे । सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिकलाई लगाइने बताए । सबै नेपालीहरु जसलाई भ्याक्सिन आवश्यक हुन्छ त्यहाँ पु¥याउने गरी तयारी गरेका छौँ’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनबाट आफूहरुले कोभ्याक्स अन्तर्गतको खोप आउने भए पनि त्यो अलि ढिला हुने भएका कारण त्यो भन्दा अगाडि नै खोप खरिद गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्