इंग्लिस प्रिमियर लिगः चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं, पुस १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । यी दुई ठूला क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुन लागेको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु टिम चेल्सी सिटीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । चेल्सी २६ अंकका साथ लिगको छैटौं स्थानमा रहेको छ भने सिटी तालिकाको आठौं स्थानमा रहेको छ । शनिबारको खेलमा चेल्सीविरुद्ध सिटीका मुख्य पाँच खेलाडी ग्राबियल जिसस र केली वाल्करसहितले चेल्सीविरुद्धको खेल खेल्ने छैनन् । कोरोना पोजेटिभ देखिएपछि उनीहरु सेल्फ आइसोलेसनमा छन् ।

अर्को खेलमा लेष्टर सिटीले न्युकासल युनाईटेडसँग खेल्नेछ । न्युकासलको मैदानमा लेष्टर सहज जितको खोजीमा हुनेछ । लेष्टर जित निकाल्दै शीर्ष दुईमा उक्लने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्