प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं, पुस १९ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेटको उपाधि प्रदेश १ ले हात पारेको छ ।

भर्खरै सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो। यो सँगै प्रदेश १ ले यसको उपाधि जित्न सफल भएको हो ।

पीएम कपमा प्रदेश १ ले पहिलोपटक जितेको हो।प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश(१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो।

प्रतियोगिताको विजेता एक नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्