काँग्रेसद्वारा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं पुस १९ । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएको छ । ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ ।

साथै कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ।

प्रतिक्रिया दिनुहोस्