२५ दिनपछि कोरोनामुक्त भए पारस खड्का

काठमाण्डौ , पुस २१ । २५ दिनपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् ।

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

साथै उनले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्नी पत्नी लगाएतलाई पनि धन्यवाद पनि दिएका छन् । आफुले धेरै पटक पीसीआर परीक्षण गरेको समेत उनले जानकारी दिएका छन् ।

कोरोनामुक्क्त भएसँगै उनले सबैलाई धन्यावाद व्यक्त दिँदै २०२१ को लागि तयार भएको पनि बताएका छन् ।

कोरोनाको लागेपछि चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्