नेप्सेमा सामान्य गिरावट, ४ अर्ब बराबरको कारोबार

काठमाडौं,पुस २१ । मंगलबार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार उच्च अंकले बृद्धि भएको परिसूचकमा हिजो सोमबार पनि करेक्सन देखिएको थियो भने आज मंगलबार पनि करेक्नस कायमै रहेको छ ।

आज सेयर बजारको परिसूचक नेप्से ३. ५४ अंकले घटेको छ। परिसूचकमा सो अंकको गिरावटपछि २१६५ अंक कायम भएको छ।दिनभरजसो बजार उतारचढावमै रह्यो। १ः ४२ बजे बजार २१८२ अंकसम्म पुगेको थियो भने न्यूनतम ११ः २६ बजे २१४९ अंकसम्म झरेको थियो।

यस दिन कारोबार रकम ४ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन विकास बैंक, जलविद्युत, निर्जीवन बीमा समूहबाहेक अरु घटेका छन्। विकास बैंक २।९, जलविद्युत ५०.५, निर्जीवन बीमा ५७.९ अंकले बढेका छन्।

बैंकिङ ९, ब्यापार १४६, होटल २०, फाइनान्स १, उत्पादन १६, अन्य ५, माइक्रोफाइनान्स ५, जीवन बीमा ४६ अंकले घटेका छन्।

जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रो पावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै मूल्य कमाए।

कारोबारका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ६९ करोड रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर १८९५ रुपैयाँ कायम भएको छ।

उसले हालै २७।७६ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर नगद लाभांश वितरणको घोषणा गरेको छ। जसले गर्दा आज कारोबार उच्च भएको हो।

नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख रुपैयाँको कारोबार भयो। कम्पनीको मूल्य १२ रुपैयाँ घटेर २३३८ रुपैयाँ कायम भएको छ। पुनर्बीमाको २५ करोड ३५ लाख रुपैयाँ को कारोबार भयो।

साल्ट ट्रेडिङको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। देशमा राजनीतिक उथलपुथल भइरहेकै बेला उच्च अंकले बृद्धि भएको परिसूचकमा आज भने सामान्य गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्