आज फेरि बढ्यो सुनको मुल्य , कति पुग्यो तोलाको ?

काठमाडौं, पुस २२ । स्थानीय बजारमा आज पनि मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यसैगरी चाँदीमा भने प्रतितोला रु पाँचले उकालो लागेको छ । प्रतितोला रु एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्