नेप्से परिसूचक १३.०७ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ , पुस २२ । बुधबार नेप्से परिसूचक १३.०७ अंकले बढेर २ हजार १७८.५७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अंकले बढेर ४१८.१४ बिन्दुमा पुगेको छ । पछिल्लो दुई दिन लगातार घटेको बजार आज भने बढेको हो ।

यसदिनको कारोबारमा २०५ ओटा कम्पनीको कारोबार हुँदा ४० हजार ३६७ पटक व्यापार हुँदा एक करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर खरिदबिक्री भएको छ भने ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम सर्वाधिक बढी रहेको छ । उक्त कम्पनीको २१ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको २० करोड २ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख १६ हजार रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको १५ करोड ८७ लाख ७० हजार रुपैयाँ र १५ करोड ५१ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी स्वाभिमान लघुवित्तका शेयरधनीहरुले ९.९६ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ९.९४ प्रतिशतले नाफा कमाएका छन् । बढेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक बढी ५.१३ प्रतिशतले गुमाएका छन् ।

बुधबार व्यापार र हाइड्रोपावर समूहको परिसूचक क्रमश ०.८९ प्रतिशत र ०.७६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धि भएको छ । यसदिन निर्जिबन बीमा समूहको परिसूचक १.१५ प्रतिशतले बृद्धि भएको छ भने बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक समूह १.०५ प्रतिशत, वित्त समूह ०.१४ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.१८ प्रतिशतले बृद्धि भएको हो ।

त्यस्तै, लघुवित्त समूहको परिसूचक १।६८ प्रतिशत, होटल समूहको ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.५५ प्रतिशत, म्युचुअल फण्डको ०.८० प्रतिशत र अन्य समूहको ०.३६ प्रतिशतले परिसूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्