‘हरितारा चलचित्र पुरस्कारबाट विशिष्ठ चलचित्रकर्मी मल्ल र श्रेष्ठ सम्मानित

काठमाडौं, पुस, २२ । विशिष्ठ कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी, नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् ।

परिवर्तन नेपालले दशकौंदेखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल चलचित्रकर्मीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएका हो । हरितारा चलचित्र बाट सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई दोसल्ला ओढाएर तथा रुद्राक्षको माला लगाएर सम्मानन तथा पुरस्कृत गरिएको हो । पुरस्कार राशि जनही २५–२५ हजार रुपैयाँ रहेको छ ।

वि.स.२०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई एक कार्यक्रमका बिच अर्पण गरिएको हो ।

यस्तै २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गरिएको छ ।
वि.स. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा ९तारा नानी० ले आफु र आफ्ना पति हरि सम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितार चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गरिएको छ ।

वि।सं २०७६र ०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गरिएको छ । श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रुपैयाँ रहेको छ ।

२०७७ सालबाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई अर्पण गरिएको छ ।
यसअघि हरितारा चलचित्र पुरस्कार महजोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित भएको हरितारा चलचित्रले हरेक वर्ष नेपाली चलचित्रको क्षेत्रमा योगदान पुगाएका एवं साधानारत स्रष्टाहरुलाई सम्मान्न गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्