जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

काठमाडौं, पुस २३ । रुपन्देहीमा जिपको ठक्करबाट २ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरी रहेका छन् ।

भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो । अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए ।

प्रतिक्रिया दिनुहोस्