प्रधानमन्त्री ओली आज धनगढी जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं , पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको धनगढी जादैछन् ।

सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको नेकपा ओली समूहको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

नेकपा विभाजन भएपछि पहिलोपटक प्रधानमन्त्री ओली राजधानी बाहिर जान लागेको बताइएको छ । धनगढीमा प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्न जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि पनि राजधानीमा भएका विभिन्न भेलामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्