सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, पुस २४ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ ।

छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्