ट्रम्प समर्थकको आक्रमणमा घाइते भएका प्रहरीको मृत्यु

काठमाडौँ , पुस २४ । अमेरिकी सदनमा ट्रम्प समर्थकहरुले गरेको आक्रमणको क्रममा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

राष्ट्रपति ट्रम्पका हिंसक समर्थकहरुले गरेको हिंसामा अहिले सम्म कुल पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।ट्रम्प समर्थकहरुले बुधवार अमेरिकाको राजधानी स्थित संसद भवनमा आक्रमणमा गरेका थिए।

उक्त घटनामा संलग्न रहेका ६८ जनालाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ भने घाइते भएका एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, हिंसामा घाइते भएका ब्रायन डी स्टिकनिकको विहिबार मृत्यु भएको हो । उनको मृत्यु विहिबार राति भएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्