सुदूरपश्चिमको बारेमा के बोले प्रधानमन्त्रीले ?

काठमाडौं, पुस २४ । शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुगे । सम्बोधन गर्दै ओलीले भाषणको सुरुमा ​सुदूरपश्चिम प्रदेशको खुलेर चर्चा गरेका छन्।

सुरुमा उनले प्राकृतिक स्रोतको चर्चा गरेका छन्। सुदूरसँगै नेपाल पनि पछि परेको बताउँदै उनले सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने उनले बताएका छन् ।

नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन्, सुकुमबासीका र सिँचाइका समस्या छन् यो मैले बुझेको छु, उनले भने ।

चाँदनी दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने उनले आश्वासन दिए। कञ्चनपुर र कैलाली मात्र नभै यस प्रदेशमा असाधारण लाभ हुनेको उनको भनाइ रहेको थियो ।

साथै पञ्चेश्वर परियोजना पनि अघि बढाइने बताउँदै उनले गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको पनि जनाकारी दिए । अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने उनले आश्वास दिए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने पनि उनले बताए।

१४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा यस विषयलाई उठाउने पनि ओलीले बताए। साथै सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको पनि उनले जनाए।छाङ्रुसम्मको बाटो मोटरेबल हुने बताउँदै बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताए।

विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई पनि अगाडि बढाइने उनले बताएका छन् ।महाकालीमा पुल बनिसकेको र दार्चुला र बैतडीमा झोलु‌ंगे पु्ल बन्दै गरेको अनि भारतसँग नेपालको झोलुंगे पुलको काम बढाइने पनि बताए।

भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे। मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भनाइ।

प्रधानमन्त्री ओलीले सुदुरपश्चिमको प्राकृतिक स्रोतको चर्चा गरे । यो प्रदेश प्राकृतिक स्रोतले त धनी नै छ । तर अली विकासका कामले भने त्यति गती लिन सकेको छैन । ओलीले आज सम्बोधनमा यहाँका समस्या बुझेको छु त भने तर ती समस्याको सामाधान तिर पनि ध्यान दिए कति विकासका कामले निरन्तरता पाउथ्यो होला । तर नेताका यस्ता भाषण भाषणमै सिमित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्