अब आन्तरिक राजस्व कार्यालयको कर ईसेवाबाटै

काठमाडौं , पुस २४ । करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व अब ईसेवाबाटै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् ।

अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क ईसेवाबाटै बुझाउन सकिने भएको हो ।

ईसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । ईसेवा अकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन्  भने, ईसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन तथा ईसेवा पोइन्टबाट कर भुक्तानी गर्न सक्ने जनाइएको छ ।‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो ।

योसँगै देशभर रहेको ईसेवा एजेन्ट नेटवर्क मार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न सकिने भएको छ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्ने दावी कम्पनीको छ ।

हाल यो सेवा ईसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाइलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको जनाएको छ ।हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्