देशभर कांग्रेसको प्रदर्शन, देउवाले भने -मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न मिल्दैन

काठमाडौं , पुस २५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।’

तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने रु’

उनले अघि भने, ‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’संसदमा सामना गर्न नसकेर भगौडा जस्तो भागेका प्रधानमन्त्रीले फूर्ती भने युद्ध जितेर आएको भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्