प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

काठमाडौँ, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन् । । प्रतिनिधिसभा विघटनपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

अहिले दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । यद्यपि त्यसलाई निर्वाचन आयोगले वैधता दिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्