पुष्पाले जितीन् म्याराथनमा ऐतिहासिक स्वर्ण

काठमाडौँ , पुस २६ । नेपालकी पुष्पा भण्डारीले आइतबार बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण जितेकी छिन् । उनले दक्षिण एसियाली विधामा दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डको समयसँगै पहिलो स्थान हात पारेकी हुन् ।

नेपाली एथलेटिक्स इतिहासमा महिलाले म्याराथनमा अन्तर्राष्ट्रिय स्वर्ण जितेको यो पहिलोपल्ट हो । जितसँगै उनले पाँच लाख बंगलादेशी टाका हात पारेकी छिन् । पुष्पा १३औं दक्षिण एसियाली खेककुदको महिला म्याराथनमा रजत पदक विजेता हुन् ।

यस्तै पुरुषतर्फ भने किरणसिंह बोगटी दक्षिण एसियाली विधामा चौथो भएका छन् । उनी १३ औं दक्षिण एसिायली खेलकुदको पुरुष म्याराथनमा स्वर्ण विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस्