आगामी शनिबारदेखि भारतमा कोभिड– १९ विरुद्धको खोप अभियान सुरु हुने

काठमाडौं, पुस २६ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगागी १६ जनवरी (३ माघ) देखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने जनाएको छ । अभियानको सुरुमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका तीन करोड व्यक्तिलाई खोप दिइनेछ ।

पहिलो चरणको खोप अभियान सकिएपछि दोस्रो प्राथमिकतामा ५० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने मन्त्रालयले भनाइ छ । त्यसपछि ५० भन्दा कम उमेरका व्यक्ति जो पहिलादेखि नै कुनै रोगका कारण पीडित भएकालाई खोप दिइनेछ । यस्ता व्यक्तिको संख्या भारतमा करिब २७ करोड भएको मन्त्रालयको अनुमान छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ड्रग्स कन्ट्रोल जनरल अफ इन्डियाले अनुमति दिएको दुई वटा भ्याक्सिन कोभिसिल्ड र को–भ्याक्सिन अभियानमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्