४१ अंकले बढ्यो नेप्से , ६ अर्ब ३२ करोडको कारोवार

काठमाडौं , पुस २६ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा हरियाली देखिएको छ ।

नेप्से आज ४१ दसमलव २४ अंकले बढेर २२ सय ३५ दसमलव ७२ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव २१ अंकले बढेर चार सय २८ दसमलव ४३ बिन्दुमा चढेको छ ।

दुई सय सात वटा कम्पनीहरुको ५७ हजार एक सय ७१ पटकको कारोवारमा एक करोड ५० लाख ३० हजार आठ सय ३६ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा जीवन बीमा समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन् । ति मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक ५९ दसमलव ६१ अंकले बढेर १७ सय २० दसमलव ३० बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १६ दसमलव ६५ अंकले बढेर १६ सय ८८ दसमलव ८४ बिन्दुमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय नौ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मल्य चार दसमलव ३१ प्रतिसतले घटेर १३ सय ११ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता चार सय १४ रुपैयाँ अन्तिम मुल्यमा ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्