कक्षा १२ को नतिजा माघ पहिलो साता आउने

काठमाडौँ, पुस २८ । कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले बताए ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलको भनाइ रहेको छ ।

यो पाली कोरोनाका कारण परिक्षा निकै ढिला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्