कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं , पुस २८ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्चले रिट खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

यस अघि सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो ।

यस अघि पुस ६ गते फैसला गर्ने भनेपनि सुनुवाई सर्दै जादा लाखौ परिक्षार्थीको अध्ययन नै अन्योलमा परेको थियो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता थियो ।

विद्यार्थी , शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ या पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निक्र्यौल हुनुपर्नै बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्