नेपाली फिल्म ‘लप्पन छप्पन–२’ चार भाषामा रिलिज हुदैँ

काठमाडौं, पुस २८ । कोरोना कहरले गर्दा लगभग एक वर्ष नै भन्दा फरक नपर्ला नेपाली चलचित्र ठप्प भएको , यो अवधिमा कुनै पनि फिल्म चल्न सकेनन् , हल नै पुरै बन्द भए , कलाकार घरमै बसे ।

लामो समयपछि अहिले भने सरकारले सबै क्षेत्र खुल्ला गरेसँगै फिल्महल पनि खुलेका छन् भने फिल्मको छाँयाकनमा समेत जुटिसकेका छन् ।

यसैबीच नेपाली फिल्म ‘लप्पन छप्पन–२’ ४ भाषामा रिलिज हुने भएको छ । आगामी फागुन २७ गते रिलिज हुने मिति तोकिएको फिल्ममा नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषा गरि ४ भाषमा एकसाथ रिलिज गर्न लागिएको हो ।फिल्मको एक पोष्टर सार्वजनिक गर्दै निर्माण युनिटले फिल्मको रिलिज बारे जानकारी दिएको हो ।

मुकन्द भट्टको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए ।फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए ।

पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् । दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन रहेको छ । यसरी ४ भाषमा रिलिज हुने फिल्मले कस्तो प्रंतिक्रिया पाउला त्यो त हलमा लागेपछि दर्शकले हेरेपछि थाहा भैहाल्ला ।

प्रतिक्रिया दिनुहोस्