महिला भलिबल टिमलाई टिम अफ दी इयर अवार्ड प्राप्त

काठमाडौं , पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले टिम अफ दी इयर अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले टिम अफ दि इयरु अवार्ड प्राप्त गरेको हो ।

यसअघि महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण हात पारेको थियो । यस्तै महिला टिमले १३औं सागमा पनि ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्