काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित दुईजना पक्राउ

काठमाडौं, पुस २९ । काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय जेनष सार्की रहेका छन् ।

अवैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ( हाब्रेको छाला) ओसार पसार तथा बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट एक थान हाब्रेको छाला पनि बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद हाब्रेको छालासहित दुवै जनालाई जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्