उद्योग मन्त्री भट्टलाई डडेल्धुरामा कालोझण्डा

काठमाडौं, पुस २९ । पछिल्लो समय नेकपा अलग भएसँगै एकअर्कालाई कारवाही गर्ने कार्य चलीरहेको छ । दुईवटै समुहले एकअर्का लाई कारवाही तथा आरोप प्रत्यारोप लगाइ रहेका छन् ।

जिल्लामा एक समुहले अर्को समुहका मन्त्रीलाई कालो झण्डा देखाउने र सरकारविरुद्ध नारा लगाइ रहेका छन् । यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ।

प्रचण्ड–माधव समूहको अनेरास्ववियुले उनलाई कालो झण्डा देखाएको हो।नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियुले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो।

अनेरास्ववियुले कालो झण्डा देखाउँदै ओली सरकारविरुद्ध नारासमेत लगाएको थियो। ओली समूहको विस्तारित बैठक निर्माण व्यवसायी संघको सभा हलमा भइरहेको छ । बैठकमा सहभागी हुनका लागि नेकपा सुदूरपश्चिम इन्चार्जसमेत रहेका मन्त्री भट्ट र प्रदेश कमिटी अध्यक्ष कर्ण थापा डडेल्धुरा पुगेका छन् । यसैक्रममा मन्त्री भट्टलाई अनेरास्ववियुले कालो झण्डा देखाएको हो।

प्रतिक्रिया दिनुहोस्