केपी ओली कमरेड हैन, किन कम्रेड भन्ने? प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य

काठमाडौँ , पुस २९ । नेपाल समूह नेकपा बाग्मती इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् ।

बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले कमरेड नभएर ओली प्रतिगमनकारी भएको बताएकी हुन् । साथै उनले केपी ओलीले आफुहरुले दुख गरेर ल्याएको संविधानमा धावा बोलेको र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको उनले बताईन् । यसरी गणतन्त्रमाथि अपहरण गर्नेलाई किन कमरेड भन्ने भनि उनले प्रश्न समेत गरेकी छन् ।

नेतृ शाक्यले प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको भन्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको उनले बताइन् । साथै उनले अब आन्दोलन तात्ने पनि दाबी गर्दे सबैलाई लाग्न समेत आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्