तपाईंहरु ढुक्क हुनुस्, सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ , नभए आँधीबेहरी आउछ : प्रचण्ड

काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि सूर्य चिन्ह र नेकपा आफ्नै हुने दाबि गरेका छन् ।

बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबि गरेका हुन् । उनले भने – तपाईंहरु ढुक्क हुनुस्, सूर्य चिन्न र नेकपा हाम्रै हुन्छ ,नत्र कयामत आउँछ । आँधीबेहरी आउछ ।

साथै उनले प्रधानमन्त्री केपी ओलीको ‘नौटंकी’का पछाडि कोही नलाग्ने बताउँदै ओलीको नौटंकी र राजनीतिक जोक्करमा परिणत भएको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

‘देश र जनतासामु आइपरेको संकट समाधानका लागि जुटेका हौँ । हामी गम्भीर छौँ । हाम्रै आँखाअगाडि संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधानमाथि प्रहार भएको छ’ उनले भने, समावेशी, लोकतन्त्र एम्बुसमा परेको छ । त्यसको छलफल गर्न जुटेका छौँ । केपी ओलीको ‘नौटंकी’ को पछाडि कोही लाग्नेवाला छैन ।

प्रचण्ड’ले पार्टी फुटको कारक प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताएका छन् । दाहालले पार्टी एकता गर्दा हतरपतर नभई विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्