मेगा बैंकको १३. ०५ प्रतिशत लाभांश पारित

काठमाडौं, पुस २९ । मेगा बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । सभामा बैंकले शेयरधनीहरुका लागि बोनस सेयर सहित १३. ०५ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै साधारणसभाले आर्थिक वर्ष २०७६/ ०७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३. ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैयाँ लाभांश पारित गरेको हो।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ बोनस सेयर र ३।०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैयाँ लाभांश साधारणसभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो।

यसैगरी साधारणसभाले गाभ्ने अथवा गाभिने ९मर्जर० र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैयाँले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैयाँले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यसैबीच साधारण सभामा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष शाहले आर्थिक बर्ष २०७६र७७ को शुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकुल असर परेको बताए । यसले नेपालको बैंकिङ क्षेत्रले पनि निकै चुनौती भोगिरहेको उल्लेख गरे ।

बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै उनले कोभिड १९ को चुनौतीलाई मध्यनजर गर्दै बैंकले ‘डिजिटल प्रडक्ट विभाग’ को स्थापना गरेको जानकारी दिए । अध्यक्ष शाहका अनुसार, डिजिटल बैंकिङलाई प्रबर्धन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेशन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयनमा ल्याएको छ ।

ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत संचालनमा ल्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्