थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

काठमाडौं , पुस २९ । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ६६ हजार १४३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५९ हजार ७७२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १५४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ९७ हजार ९ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा २३७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ४ हजार ४३४ जना रहेका छन् ।

यसैगरि कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्