देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाः सुजाता कोइराला

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याएकी छन् ।

बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ कोइरालाले यस्तो औंल्याएकी हुन् । देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको उनले बताए ।

प्रनिनिधिसभा बिना देश अगाडी बढ्न खोजे अर्को दुर्घटना हुने भन्दै उनले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी भएको बताइन् ।

सभापति शेरबहादुर देउवाले आफैँले ल्याएको संविधान र संसदको विपक्षमा बोलेकोप्रति आपत्ती जनाउँदै उनले देउवाको पछिल्ला गतिविधिमाथि केन्द्रीय कमिटिको बैठकमा कुरा उठ्ने पनि उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्