विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं , पुस २९ । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् । बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन् ।

बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो । विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्