नेकपाका दुबै समूहले बुझायो निर्वाचन आयोगमा जवाफ

काठमाडौं , पुस २९ । नेकपाका दुबै समूहले निर्वाचन आयोगमा जवाफ पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको हो ।

दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।

ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो ।‘निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु र जवाफहरु बुझाएर आएको उनले बताए ।अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए ।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए । यसैबीच यता ओलीले नेतृत्व गरेको नेकपाले निर्वाचनका कार्यक्रमलाई नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

ओली समूहका नेताहरूले आज निर्वाचन आयोगमा पुगेर निर्वाचनका कार्यक्रमहरू सुरू गर्न भनेका हुन्।

आयोगले मागेका डकुमेन्टहर बुझाउनका लागि निर्वाचन आयोग गएका ओली पक्षीय नेताहरूले आफ्नो समूह आधिकारिक रहेको समेत दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्