“मेरो रातो गलबन्दी” गीत युट्युब ट्रेन्डिङको नं. ८ मा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौँ , पुस २९ । सपना घिमिरे पौडेलको स्वरमा रहेको गीत “मेरो रातो गलबन्दी” ले यति बेला चर्चा बटुल्दै गएको छ । गीत एसथ्रीके इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत भर्खरै मात्र बजारमा आएको हो ।

अहिले यो गितको निकै नै चौतर्फी चर्चा चलेको छ । गीत बजारमा आएसँगै स्रोता दर्शकले निकै नै रुचाएका छन् । अहिले यो गीत यूटुवको ट्रेन्डिङ नम्बर ८ मा आएको छ ।

गीतमा पौैडेल र नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक प्रताप दासको स्वर रहेको छ । उक्त गीतमा शब्द तथा संगीत शृजना पनि गायिका सपना कै रहेको छ भने अहिलेका लोकप्रिय संगीतकार सुदिप सागरको संगीत समायोजन रहेको छ ।

गीतमा कलाकार सागर लम्साल बले र दुइ सुन्दरी दिदी बहिनी समारिका र स्मारिका दाहालको अभिनय रहेको छ । साथै हल्का रमाइलोका राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छीको अभिनय पनि हामी यो भिडियोमा देख्न सक्छौ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको यो म्युजिक भिडियो प्रकाश खडकाले खिचेका हुन् भने मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । यसरी गीतले चर्चा बटुलीरहदा आफु निकै खुशि भएको गायीका पौडेल बताउँछिन  ।

प्रतिक्रिया दिनुहोस्